वीपी स्वास्थ्य प्रतिष्ठानमा थप तीन संक्रमितको मृत्यु
२०७७ असोज २५ गते

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुुनसरीका २ र धनकुटा १ जना संक्रमितको मृत्यु भएको हो ।
२१ गते कोरोना पोजेटिभ देखिएकी धरान-८ निवासी ६२ वर्षीया महिलाको गएराती ८ बजे मृत्युभएको हो । उनी दिर्घ रोगी रहेको प्रष्ठिानले जनाएको छ । यसैगरी जिल्लाको दुवही नगरपालिका निवासी ६५ वर्षीय पुरुषको आज बिहान ६ः५० बजे मृत्यु भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए । उनमा गत १५ गते कोरोना देखिएको थियो ।
यस्तै धनकुटाकी ६१ वर्षीया महिलाको पनि आजै बिहान ६ः४० बजे मृत्यु भएको छ । धनकुटा अस्पतालबाट रेफर गरिएकी महिलामा २० गते कोरोना देखिएकाे थियो । मृतक तीन जना दिर्घ रोगी हुन् । शवको नियमानुुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
२०७७ असोज २५ गते
प्रतिक्रिया
सम्बन्धित









