२० केजी चरेशसहित धादिङबाट एक जना पक्राउ
२०७७ असोज २२ गते

काठमाडौं । लागुऔषध चरेश सहित धादिङबाट एक जना पक्राउ परेका छन् । धादिङको खनियावास गाउँपालिका वडा नम्बर २ तर्चिका ३७ वर्षीय रेशम बहादुर तामाङ २० केजी चरेश सहित पक्राउ परेका हुन् ।
प्रहरीले तामाङलाई मंगलवार धादिङ, गजुरी गाउँपालिका ६ स्थित आदमघाटबाट पक्राउ गरेको हो ।
आदमघाटमा लागुऔषधको कारोबार हुने गरेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले उनलाई पक्राउ गरेको कार्यालयका प्रमुख एवं डिएसपी विश्वराज खड्काले बताए ।
पक्राउ परेका तामाङलाई बुधवार पत्रकार सम्मेनल गरी प्रहरीले सार्वजनिक गरेको हो । तामाङको साथबाट २० केजी ८ सय ग्राम चरेश, एक थान मोबाईल पनि बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका तामाङलाई अदालतबाट म्याद लिएर थप अनुसन्धान भैरहेको छ ।
२०७७ असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








