डा. केसीको आन्दोलनमा वीपी प्रतिष्ठानका चिकित्सकहरुको ऐक्यबद्धता

धरान । चिकित्सा शिक्षा सुधारको माग गर्दै २४ दिन देखि त्रिवि शिक्षण अस्पतालमा आमरण अनसनरत डा. गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आन्दोलन थालेका छन् ।

प्रतिष्ठानका सिनियर तथा जुनियर चिकित्सकहरुले डा. केसीका माग र आन्दोलन प्रति ऐक्यबद्धता प्रकट गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

माग पुरा गराउन पटक पटक राज्यले डा. केसीसँग लिखित सम्झौता गरेपनि कार्यान्वयन नगरेको तथा पछिल्लो समयको अनसन तोडाउन र डा. केसीको जीवन रक्षा गर्न सरकार उदासिन भएको भन्दै वीपी प्रतिष्ठानका चिकित्सकहरु डा. केसीको समर्थनमा उत्रिएका हुन् ।

आन्तरिक रुपमा प्रतिष्ठानमै आफ्ना मागहरु राखेर आन्दोलनरत चिकित्सकहरुले डा. केसी प्रतिपनि ऐक्यवद्धता जनाएका छन् । आन्तरिक बढुवा, बृद्धि भएको तलब पाउनु पर्ने, कोरोना संक्रमणको जोखिममा फ्रन्ट लाइनमा काम गरेपनि स्वास्थ्य सुरक्षा सामग्री समेत नदिएको भन्दै आन्दोलन गर्दै आएका उनीहरुले डा. केसीको जीवन रक्षाको माग पनि गरेका छन् ।

 

प्रतिक्रिया