सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारकाे निर्णय
मकालु खबर
२०७७ असोज २१ गते
काठमाडौं । सरकारले कोभिड १९ महामारीका कारण रोकिएका विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानका सबै परीक्षाहरु सञ्चालनका लागि अनुमति दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको परराष्ट्रमन्त्री एवम् सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरी सबै शैक्षिक संस्थालाई परीक्षा सञ्चालनको सैद्धान्तिक सहमति दिइएको उनको भनाइ छ ।
सरकारले नेपालमा पनि काेराेना संक्रमण सुरू भएपछि चैत्र ११ देखि लकडाउन गरेकाे थियाे । त्यसपछि शैक्षिक संस्थाहरू पूर्ण रूपमा बन्द गरिएकाे थियाे । परीक्षाहरू पनि स्थगित भएका थिए ।
मकालु खबर
२०७७ असोज २१ गते
प्रतिक्रिया
सम्बन्धित