बझाङमा बलात्कारपछि मिलापत्र गराउने ६ जना पक्राउ

काठमाडौं । बझाङमा बलात्कारको घटनाको मिलापत्र गराउने ६ जना पक्राउ परेका छन् ।

मष्टा गाउँपालिकाका २४ वर्षीय झलक दमाई, ४५ वर्षीय लालबहादुर बोहरा, ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरू दमाई र ५५ वर्षीय गल्फे बोहरालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

बझाङकी सम्झना कामीको बलात्कारपछि हत्या अभियोगमा पक्राउ परेका १८ वर्षीय राजेन्द्र बोहराले गरेको अर्को बालात्कारको घटनालाई गाँउमै मिलाएको उनीहरुमाथि अभियोग छ ।

उनीहरूले गत साउन २९ गते १४ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिन नदिन साउन ३१ पीडित र पीडक पक्षबीच मिलापत्र गराएका थिए । सम्झनाकाे पनि बलात्कारपछि हत्या भएपछि बाेहराकाे पहिलेकाे कर्तुत पनि बाहिरिएकाे हाे । घटनाबारे अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया