मिर्गौला पीडित घलानलाई ९० हजार सहयोग
२०७७ असोज २० गते

चितवन । चितवन रत्ननगरका मिर्गौला पीडित हर्क बहादुर घलानलाई आर्थिक सहयोग गरिएको छ । नेपाली कांग्रेस रत्ननगर नगर समितिको संयोजनमा एनआरएनए पपुवा न्युगिनीबाट प्राप्त ९० हजार रुपैयाँ उपचारका लागि सहयोग गरिएको हो ।
रत्ननगर १५ स्थित घलानकै घर पुगेर कांग्रेस नगर सभापति रुपनराज घिमिरेसहितको टोलीले ९० हजार बराबरको चेक घलानलाई हस्तान्तरण गरिएको थियो । घलान दुवै मिर्गौला फेल भएर उपचारका क्रममा छन् ।
उपचारमा आर्थिक अभाव रहेको थाहा पाएपछि कांग्रेस नगर समितिले सहयोगका लागि पहल गरेको थियो । रकम हस्तान्तरणका लागि कांग्रेस नगर सभापति घिमिरे सहित एनाआरएनए पपुवा न्युगिनिका संयोजक मोहनबाबु पन्तका बुवा एक बहादुर पन्त, सीता पन्त, कांग्रेस नगर सचिव देवेन्द्र भुजेलसहित घलान निवास पुगेका थिए ।
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित








