वीपी प्रतिष्ठानमा ६४ वर्षीय संक्रमितको मृत्यु
२०७७ असोज २० गते

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररच कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान-३ का ६४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठका अनुसार ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
मृतक डायबिटिज र टिबी रोगबाटसमेत पीडित उनको बिहान ४ः२० बजे मृत्यु भएको हो । मृतकको शव व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
२०७७ असोज २० गते
प्रतिक्रिया
सम्बन्धित









