विराटनगरको नोबेल अस्पतालमा थप दुई संक्रमितको मृत्यु

काठमाडौं । मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताल प्रबन्धक नारायण प्रसाद दाहालले दिएको जानकारी अनुसार दुवै संक्रमित पुरुषको आज बिहान मृत्यु भएको हो ।

मृतकमा जिल्लाको कानेपोखरी गाउँपालिका-६ का ५० वर्षीय पुरुष छन् । उनी ब्लड क्यान्सर पीडित थिए ।

यस्तै रतुवामाई नगरपालिका-८ इटहरा का ४५ वर्षीय संक्रमित पुरुषको पनि मृत्यु भएको हो । प्रबन्धक दाहालका अनुसार उनलाई उपचारका लागि असोज १३ गते अस्पताल ल्याइएको थियो । उनी मधुमेहबाट पीडित थिए ।

प्रतिक्रिया