प्रदेश १ कोरोना अपडेट : थप १ सय ६४ जनामा सङ्क्रमण

विराटनगर । प्रदेश १ मा आज (सोमबार) थप १ सय ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा १०५, मोरङमा ५२, झापामा २, धनकुटा, ते¥हथुम र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा ५७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा २२ महिला र ३५ पुरुष छन् ।

सुनसरीकै धरानमा २६ महिला र १५ पुरुष, कोशी गाउँपालिकामा १ महिला १ पुरुष, दुहवी र बराहक्षेत्रमा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मोरङको विराटनगरमा २२ महिला १५ पुरुष, मिक्लाजुङमा २ महिला ३ पुरुष, बुढीगंगामा ४ पुरुष, जहदामा २, कटहरी, केराबारी, सुनवर्षी र बेलबारीमा १–१ जना, झापाको दमक र स्थानीय तह नखुलेका १–१ महिला, ताप्लेजुङको फक्ताङलुङमा १ पुरुष, धनकुटामा १ महिला, ते¥हथुमको म्याङलुङका १ पुरुष र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्याको ७ हजार ७७५ पुगेको छ । प्रदेश १ मा आज ५९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ७६ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म १ लाख २ हजार १४८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया