अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण

एजेन्सी । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटियालाई काेराेना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

वेब सिरिजका लागि हैदरावादमा रहेकी उनले काेभिड १९ काे लक्षण देखिएपछि साेही ठाउँकाे एक निजी अस्पतालमा परीक्षण गराएकी थिइन् । रिपाेर्ट पाेजेटिभ आएको हो ।

बलिउडका कलाकार तथा उनका फ्यानहरूले स्वास्थ्यलाभको कामना गरेका छन् ।

यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि संक्रमण भएको थियो ।

प्रतिक्रिया