प्रदेश १ काेराेना अपडेट : १९७ संक्रमित थपिँदा १६६ जना डिस्चार्ज

विराटनर । प्रदेश १ मा आज (शुक्रबार) १९७ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेह्रथुममा २ र प्रदेश १ बाहिर ५ जना संक्रमित थपिएका हुन् ।

विराटनगरमा १२३ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ४७ महिला र ७६ पुरुष छन् । मोरङको सुन्दरहरैचामा ४ महिला ५ पुरुष, पथरीशनिश्चरेमा २ महिला ७पुरुष, रंगेलीमा १ महिला २ पुरुष, कटहरी र बुढीगंगामा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

उता इटहरीमा २ महिला ७पुरुष, धरानमा २ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, हरिनगरमा २ पुरुष, गढी र रामधुनीमा १–१ पुरुष, स्थानीयतहनखुलेका २ पुरुष, झापाको मेचीनगरमा ४ महिला ९ पुरुष, भद्रपुरमा २ महिला २ पुरुष, कनकाईमा २, दमक र विर्तामोडमा १–१ पुरुष, तेह्रथुमकाे छथरमा १ महिला स्थानीय तह नखुलेका १ पूरुष र प्रदेश १ बाहिरमा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

यस्तै प्रदेश १ मा आज १ सय ६६ जना डिस्चार्ज भएका छन् । होम आइसोलेसनबाट १५५, विराट मेडिकल कलेजबाट ८ र न्युरो अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म ३ हजार ४३ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज ९५८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ६५ महिला र १३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख २५ हजार ६८१ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया