कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण पुष्टि
२०७७ असोज १५ गते

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रमुख कलौनीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।
कर्णाली प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा उनको पीसीआर परीक्षण गरिएको थियो ।
प्रदेश प्रमुखको सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा प्रदेश प्रमुखलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेकाे स्वकीय सचिव चुडामणि कलौनीले बताए । कोरोना पुष्टि भएपछि उनी चिकित्सकको निगरानीमा होम आइसोलेसनमा बसिरहेका छन् ।

२०७७ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित








