पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवालीलाई काेराेना संक्रमण

काठमाडाैं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ ।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा उनले आफू संक्रमित भएको जानकारी दिएका हुन् । आफूलाई केही लक्षण देखिएकाले परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको उनकाे भनाइ छ ।

अहिले उनी होम आइसोलेसनमा छन् । स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया