काेराेना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेजमा दुई जनाकाे मृत्यु

बुटवल । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट नेपालगञ्ज र सुर्खेतका दुई जनाकाे मृत्यु भएकाे छ ।

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनीहरूकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा  नेपालगञ्ज उपमहानगरपालिका-४ का ५२ वर्षीय पुरुष र सुर्खेतकी ७५ वर्षीया महिला रहेकाे अस्पतालले जनाएकाे छ ।

नेपालगञ्जका पुरूषकाे बिहीबार बिहान ५:२० बजे र सुर्खेतकी महिलाकाे बुधबार राति १ बजे मृत्यु भएकाे हाे ।

प्रतिक्रिया