रियल म्याड्रिडको जितमा भिनियिसको निर्णायक गोल
मकालु खबर
२०७७ असोज १५ गते
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल भल्लाडोलिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भल्लाडोलिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
रियलको जितमा भिनिसियस जुनियरले विजयी गोल गरे । रियलले नयाँ सिजनमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । जितसँगै अपराजित रहेको रियलको ३ खेलबाट ७ अंक पुगेको छ ।
समान ७ अंक रहेपनि गेटाफे र भ्यालेन्सिया गोलअन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । भिल्लारियल गोल अन्तमार चौथो स्थानमा छ । पराजित भालाडोलिड २ अंकसहित १८औं स्थानमा छ ।
मकालु खबर
२०७७ असोज १५ गते
प्रतिक्रिया
सम्बन्धित