भान्सेमा कोरोना पुष्टि भएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एक सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेका हुन् । शनिबार भान्सेमा कार्यरत ती सदस्यमा सङ्क्रमण पुष्टि भएको थियो ।

प्रधानसेनापति थापा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका र मापदण्ड बमोजिम स्वास्थ्य सुरक्षता अपनाउँदै सेल्फ क्वारेन्टिनमा बसेका हुन् ।

प्रतिक्रिया