काठमाडौंबाट मावली घर झापा पुगेकी बालिकाकाे छतबाट खसेर मृत्यु

विराटनगर । ५ दिनअघि काठमाडाैंबाट मावली घर झापा पुगेकी एक बालिकाकाे छतबाट खसेर मृत्यु भएकाे छ ।

झापाको विर्तामोड-५ स्थित एक घरको चार तलामाथि छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएकाे हाे ।

बिहीवार राती १० बजे खाना खाइसकेपछि उनी घरको छतमा गएकी थिइन् । छतबाट तल भुइँमा हेर्ने क्रममा अचानक लड्दा  उनी गम्भीर घाइते भएकी थिइन् । तत्काल उपचारका लागि लैजाँदै गर्दा उनकाे बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

प्रतिक्रिया