सत्याग्रहीमाथिकाे दुर्व्यवहार : क्रुरताको पराकाष्टा !

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले आफ्नो पतनको बाटो आफैं खनेको टिप्पणी गरेका छन् ।

जुम्लाबाट काठमाडाैं फर्कने क्रममा त्रिभुवन विमानस्थलमा डा. गाेविन्द केसीमाथि सरकारले अपमानजनक व्यवहार गरेकाे घटनाबारे धारणा राख्दै उनले सरकार आफैँ पतनकाे बाटाेतर्फ माेडिएकाे टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेता थापाले लेखेका छन्- ‘सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाइँदैन । तर अनशनरत डा.गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ । क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्न सक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ ।’

प्रतिक्रिया