‘आवश्यकता र समयको मागअनुसार संविधान संशाेधन गर्न सकिन्छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आवश्यकता र समयको मागअनुसार संविधान संशाेधन गर्न सकिने बताएका छन् । ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रम ओलीले संविधान संशाेधनका विषयमा यस्ताे धारणा राखेका हुन् ।

‘औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ । स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन राेकिँदैन । केही केही व्यवहारका क्रममा भोलि गएर अपूर्णता पनि देखिएला,’ कार्यक्रममा उनले भने, ‘ व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा यथोचित ढंगले परिमार्जन गर्न संशाेधन गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने पनि बताए ।

प्रतिक्रिया