वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित
२०७७ असोज १ गते

काठमाडाैं । सत्तारूढ नेकपाका उपाध्यक्ष वामदेव गाैतम राष्ट्रिय सभा सदस्यमा मनाेनित भएका छन् ।
नेपालकाे संविधानकाे धारा ८६ काे उपधारा (२) काे खण्ड (ख) बमाेजिम नेपाल सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गरेकी हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न सिफारिस गरेको थियो ।
२०७७ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित








