कांग्रेस महामन्त्री कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार
२०७७ असोज १ गते

महामन्त्री शंशाक कोइराला। फाइल फोटो।
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा सुधार आएको छ ।
ज्वरो आएपछि ओम अस्पतालमा भर्ना भएका कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको हो ।
अस्पताल श्रोतका अुनसार उनले हिजैदेखि नै खाजासँगै जुस पिइरहेका छन् ।
उनलाई हिजो आइसीयूमा राखेर उपचार गरिएको थियो ।
श्रोतका अनुसार उनको उपचारको लागि रेम्डेसिभिरसमेत प्रयोग गरिएको थियो ।
२०७७ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित









