१ बजे मन्त्रिपरिषद् बैठक बस्दै
मकालु खबर
२०७७ असोज १ गते
काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।
बैठक बिहीबार (आज) प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए ।
“१ बजे बैठक बस्ने भएको छ ।” थापाले भने, ‘नियमितजस्तै हो । १ बजेका लागि बैठक बोलाइएको छ ।’
एजेण्डा बारेको मकालु खबरको जिज्ञासामा भने थापाले आफूलाई खासै जानकारी नभएको बताए ।
यद्यपि पनि असोज ३ गते संविधान दिवसका अवसरमा प्रदान गरिने विभूषणका बारेमा सिफारिस गर्ने बुझिएको छ ।
मकालु खबर
२०७७ असोज १ गते
प्रतिक्रिया
सम्बन्धित