भरतपुर अस्पतालको मेसु फेरिए, डा. पाण्डे नियुक्त
२०७७ भदौ २५ गते

चितवन । चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त भएका छन् ।
यसअघि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी थिए । भदौ २४ गतेको मन्त्रीस्तरको निर्णयबाट पाण्डेलाई भरतपुर अस्पतालको प्रमुख मेसुमा नियुक्त गरिएको अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।
प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन पाण्डे नेपालगञ्जकाे भेरी अस्पतालमा कार्यरत थिए ।
२०७७ भदौ २५ गते
प्रतिक्रिया
सम्बन्धित








