वीपीको समाजवाद भन्छौँ तर समाजवादी हुन सकेका छैनौँः शशांक काेइराला
२०७७ भदौ २४ गते

महामन्त्री शंशाक कोइराला। फाइल फोटो।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक काेइरालाले वीपीकाे समाजवाद भनिएपनि समाजवादी हुन नसकेकाे बताएका छन् । १०७ औं वीपी जयन्तीमा पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा उनले यस्ताे धारणा राखेका हुन् ।
भर्चुअल गाेष्ठीमा उनले भनेका छन्- ‘हामी वीपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौँ । वीपीको समाजवाद भन्छौँ तर समाजवादी हुन सकेका छैनौँ । समाजवाद उन्मुख संविधानमा भनेका छौँ तर हामी त्यतातिर उन्मुख छैनौँ ।’
यस्तै उनले १४ औँ महाधिवेशनपछि पार्टीमा विद्यमान गुटबन्दी समाप्त गरी सबै एकढिक्का हुनुपर्ने पनि बताए ।
२०७७ भदौ २४ गते
प्रतिक्रिया
सम्बन्धित








