अर्जुनकी प्रेमिकालाई पनि कोरोना संक्रमण पुष्टि, कस्तो छ स्वास्थ्य अवस्था ?
२०७७ भदौ २२ गते

एजेन्सी । बलिउड अभिनेता अर्जुन कपूरकी प्रेमिका मलाइका अराेरालाई पनि काेराेना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएकाे छ । मलाइकाकी बहिनी अमृता अराेराले भारतीय सञ्चार माध्यममा यसबारे खुलाएकी हुन् ।
हिजाे मात्रै अर्जुनमा पनि काेराेना संक्रमण पुष्टि भएकाे थियाे । अहिले उनीहरू दुवै जना हाेम आइसोलेसनमा छन् ।
केहीदिन अघि मात्रै मलाइका निर्णायक रहेको डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ का ७/८ जना क्रु सदस्यहरुमा पनि कोरोना देखिएको खबर सार्वजनिक भएको हिन्दुस्तान टाइम्सले जनाएकाे छ ।
२०७७ भदौ २२ गते
प्रतिक्रिया
सम्बन्धित








