स्वाथ्यमन्त्रीको परिवारका सदस्यलाई कोरोना संक्रमण, मन्त्री पनि क्वारेन्टिनमा
२०७७ भदौ २१ गते

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल । फाइल फोटो
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल पनि क्वारेन्टिनमा बसेका छन् ।
मन्त्री ढकालको परिवारका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि आफू पनि निवासमै क्वारेन्टिनमा बसेको मन्त्री ढकालले जानकारी दिए । उनको परिवारका सदस्यलाई तीनदिन अघि नै कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।
मन्त्री ढकालले आफू क्वारेन्टिनमै बसेर मन्त्रालयको काम गरिरहेको मकालु खबरलाई बताएका छन् ।
२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित








