काेराेना अपडेटः ९८० संक्रमित थपिँदा १ हजार ८१४ जना डिस्चार्ज, उपत्यकामा ३५४ थपिए
२०७७ भदौ २१ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९८० संक्रमित थपिएका छन् भने १ हजार ८१४ जना डिस्चार्ज भएका छन् । त्यस्तै क्वारेन्टिनमा ४ हजार ७०३ जना रहेका छन् ।
योसँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । संक्रमितमध्ये २८ हजार ९४१ जना डिस्चार्ज भइसकेका छन् ।
आज थपिएका संक्रमितमध्ये ३५४ जना उपत्यकाका रहेका छन् । काठमाडौंका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा मात्रै १०३८२ जनाको पीसीआर परीक्षण भएको पनि प्रवक्ता डा. गौतमले जानकारी दिए । भेन्टिलेटर २७ जना रहेका छन् ।
२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित









