वीपी प्रतिष्ठानमा झापाकी काेराेना संक्रमितकाे मृत्यु
२०७७ भदौ २१ गते

काठमाडौं । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना बिरामीको मृत्यु भएको छ ।
झापाको कन्काई–३ की ४५ वर्षीय एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । विगत ७ दिनदेखि कमजोरी, कब्जियत र २ दिनदेखि निमोनिया, ज्वरो, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनी झापाको मेची अस्पताल पुगेकी थिइन् । त्यहाँबाट भदौ १८ गते उनलाई वीपीमा रिफर गरिएको थियो ।
मधुमेहको समेत समस्या झेलिरहेकी उनको १८ गते नै कोरोना संक्रमण पुष्टि भएको हो । उपचारकै क्रममा उनको आज (आइतबार) बिहान १०ः४५ मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनको शव व्यवस्थापन हुँदैछ ।
२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित









