हिजाे मृत्यु भएकी गोरखाकी ७५ वर्षीया वृद्धा आज काेराेना पुष्टि
२०७७ भदौ २१ गते

सांकेतिक तस्वीर। मकालु खबर।
गाेरखा । गाेरखामा काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट एक जनाकाे मृत्यु भएकाे छ ।
गोरखा नगरपालिका वडा नम्बर ७ धारापानी निवासी ७५ वर्षीय वृद्धाको काेराेना संक्रमणबाट मृत्यु भएको हाे । ब्रेम ह्यामरेड भइ गोरखा अस्पतालको इमरजेन्सीमा उपचारका क्रममा शनिबार साढे ४ बजे उनकाे मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।
मृत्युपश्चात् गरिएकाे स्वाब परिक्षणमा उनकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

२०७७ भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित









