काठमाडौं उपत्यकामा ७ हजारभन्दा बढी संक्रमित, उच्च जोखिम क्षेत्र कुन-कुन ? [विवरण हेर्नुस्]

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ ।

यो समाचार तयार पार्दासम्मको समयमा उपत्यकाका विभिन्न ठाउँमा संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो १० दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या दोब्बरले बढेको जनाएको छ ।

भदौ ८ गते ३ हजार ४ सय ८६ संक्रमित रहेको उपत्यकामा आजसम्म ७ हजार ३८ जनामा संक्रमण फेला परेको छ । काठमाडौं उपत्यकाका सबैभन्दा धेरै प्रभावित क्षेत्र काठमाडौं महानगरपालिकाका विभिन्न ७ वटा वडा भएका छन् ।

महानगरपालिकाका स्वास्थ्य महाशाखाका सम्पर्क व्यक्ति ज्ञानबहादुर ओलीका अनुसार सबैभन्दा धेरै वडा नं. ३२ कोटेश्वर प्रभावित भएको छ । कोटेश्वरमा संक्रमितको संख्या २ सय नाघेको छ ।

त्यस्तै वडा नं. १६ बालाजुमा पनि संक्रमितको संख्या दुई सयभन्दा धेरै छ । वडा नंं २७ महाबौद्ध र वडा नं. ३ महाराजगञ्जमा झण्डै १ सय ८५, वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा झण्डै १ सय ३५ सङ्क्रमित पुष्टि भएका छन् ।

काठमाडौं महानगरको वडा नं. २८ मा पर्ने बागबजारमा १०३ सङ्क्रमित रहेका ओलीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 1 =