कोरोना अपडेटः पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट नेपालमा थप १४ जनाको मृत्यु भएको छ । ४ जना महिला र १० पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

प्रवक्ता गाैतमका अनुसार काठमाडाैंका ३ महिला ८२ वर्षीया, ६७ वर्षीया र २२ वर्षीया र एक जना चितवनकी ३५ वर्षीया महिलाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे हाे ।

त्यस्तै सप्तरीका ५५ वर्षीय दुई जना, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ५७ वर्षीय, प्युठानका ५८ वर्षीय, रूपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरूषकाे पनि काेराेना संक्रमणबाट मृत्यु भएकाे प्रवक्ता गाैतमले बताए ।

याेसँगै काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या २७१ पुगेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =