उपत्यकामा ४५४ सहित थप १३५९ जनामा काेराेना संक्रमण पुष्टि, १३५४ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ३५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा नै एक हजार ३५४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

आजको थप अपडेटसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४४ हजार २३६ पुगेको छ । संक्रमितमध्ये २५ हजार ५६१ जना डिस्चार्ज भइसकेका छन् भने १८ हजार ४०४ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । सक्रिय संक्रमितमध्ये ७ हजार ४६२ जना होम आइसोलेसन छन् ।

क्वारेन्टिनमा ६ हजार ५६१ जना छन् । आज थपिएका संक्रमितमध्ये उपत्यकाका मात्रै ४५४ जना छन् । काठमाडाैंका ३८६, भक्तपुरका ३६ र ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =