हत्या गरी प्रहरी कार्यालयमा टाउको बुझाएर आत्मसमर्पण

काठमाडौं । धादिङमा एक वर्षीय ६० पुरुषको हत्या गरेका २६ वर्षीय युवकले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

बिहीबार हत्या गरी सोही दिन बेलुकी १ बजे झोलामा टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर प्रहरी कार्यालय गइ उनले आत्मसमर्पण गरेकाे जिल्ला प्रशासन कार्यालय धादिङका प्रजिअ पुण्य विक्रम पाैडेलले मकालु खबरलाई जानकारी दिए ।

प्रजिअ पाैडेलका अनुसार निलकण्ठ नगरपालिका-१३ खलचेत भन्ने ठाँउमा बिहीबार राति करिब साढे १० बजे हत्याकाे घटना घटेकाे थियाे । घटनाकै दिन राति उनले हत्या गरिएका ६५ वर्षीय पुरूषको टाउको प्रहरी कार्यालयमा बुझाएर आत्मसमर्पण गरेका हुन् । प्रारम्भिक अनुसन्धानमा ती पुरूषले सामान्य विवादमा आवेगमा आएर हत्या गरेकाे खुलेकाे छ ।

अहिले शवलाई मुचुल्का उठाएर पोष्टमार्टमका लागि अस्पताल पठाइएकाे प्रजिअ पाैडेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 3 =