प्रदेश १ काेराेना अपडेट : बिहीबार ९५ संक्रमित थपिए, ६० जना डिस्चार्ज

- सुजाता लिम्बु
विराटनगर । प्रदेश १ मा आज (बिहीबार) ९५ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गरिएकाेमा ३० महिला र ६५ पुरुषको रिपोर्ट पोजेटिभ आएको हाे ।
मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र तेह्रथुममा २/२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार विराटनगरमा मात्रै आज ३३ जनामा संक्रमण देखिएको छ ।
१३ महिला र २० पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । मोरङको सुन्दरहरैचामा ३ पुरुष, लेटाङमा २ महिला र १ पुरुष, कटहरीमा २ पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा १/१ पुरुष र बुढीगंगामा १ महिलामा संक्रमण देखिएको छ ।
उता सुनसरीको धरानमा ४ महिला १७ पुरुष, इटहरीमा १ महिला २ पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका १/१ पुरुष र देवानगञ्जमा १ महिला, झापाको कमल गाउँपालिकामा २ महिला ४ पुरुष, विर्तामोडमा ४ महिला १ पुरुष, अर्जुनधारामा १ पुरुष, संखुवासभाको खाँदबारीमा ५ पुरुष र मादीमा १ पुरुष, धनकुटाको शहिदभूमीमा १ पुरुष, धनकुटा नगरपालिकामा १ महिला, तेह्रथुमकाे म्याङलुङमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ६८० पुगेको छ ।
यस्तै प्रदेश १ बाट आज नै ६० जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार मारवाडी सेवा सदन आइसोलेसन केन्द्र, विराटनगरबाट १८, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १३ जना, होम आइसोलेसनबाट ११, कालि सदन आइसोेलेसन, विराटनगरबाट ७ जना, विराट मेडिकल आईसोलेसन केन्द्र, बुढीगंगाबाट ६ जना, रुम्झाटार आइसोलेसन केन्द्र, ओखलढुङ्गाबाट २, धाईजन आइसोलेसन केन्द्र, झापाबाट २ र वैजनाथपुर आईसोलेसन केन्द्र, विराटनगरबाट १ जना डिस्चार्ज भएको छ । याे अपडेटसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७४७ पुगेको छ ।
यसैगरी प्रदेश १ मा हालसम्म ९३ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।









