चितवनमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ १८ गते

चितवन । चितवनमा बिहीबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा बुधबार गरिएको परिक्षणमा चितवनका १५ सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा चितवनमा संक्रमण देखिएका सबै भरतपुर महानगरपालिकाका हुन् । संक्रमित हुनेहरुमा महानगरपालिका वडा नम्बर १ का १ जना, ४ का १ जना, १० का ७ जना, ११ का ३ जना, १४ का १ जना, १६ र १७ का एक/एक जना रहेका छन् ।
चितवन बाहेक गैंडाकोट नगरपालिकाका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कुल १२० वटा नमुना परिक्षण गरिएकोमा १०२ जनाको रिपोर्ट भने नेगेटिभ आएको मेडिकल कलेजले जनाएको छ ।
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित









