नेकपा सचिवालय बैठक ३ बजे मात्रै
२०७७ भदौ १८ गते

फाेटाे फाइल । तस्विरः राजन काफ्ले/प्रधानमन्त्रीको स्वकीय सचिवालय
काठमाडौं । ११ बजे बस्ने भनिएको नेकपा सचिवालय बैठक ३ बजे मात्रै बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा स्थायी कमिटी सदस्य सूर्य थापाका अनुसार पूर्वनिर्धारित बैठक ३ बजेका लागि सारिएका हो ।
आजको बैठकमा रिक्त राष्ट्रिय सभा सदस्य पदमा कसलाई लिएर जाने भन्ने बारे महत्वपूर्ण निर्णय हुने बुझिएको छ ।
श्रोतका अनुसार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजानेबारे सहमति भइसकेको छ ।
यसभन्दा अगाडि उपाध्यक्ष गौतम प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेर अध्यक्षदव्लाई भेटी आफूलाई राष्ट्रिय सभामा लैजान अनुरोध गरेका थिए ।
२०७७ भदौ १८ गते
प्रतिक्रिया
सम्बन्धित









