नेकपा सचिवालय बैठक आज, राष्ट्रिय सभामा गौतम कि खतिवडा ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको छ ।

बुुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएपछि बैठक बस्ने निश्चित भएको हो । बैठकमा पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले बुझाएको प्रतिवेदनउपर सचिवालयको बैठकमा छलफल हुनेछ ।

त्यस्तै राष्ट्रिय सभामा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई निरन्तरता दिने वा नदिने बारेमा छलफल हुनेछ । अर्थमन्त्री खतिवडा सांसद बिहीन भएको २० गते ६ महिना पुग्दैछ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मननोयन गर्ने एक सिट रिक्त छ ।

उक्त सिटमा खतिवडालाई कि वामदेव गौतमलाई पठाउने भन्नेबारे नेकपा टुंगोमा पुग्न सकेको छैन । उपाध्यक्ष गौतमले राष्ट्रिय सभामा सांसद बन्ने आकांक्षा राखेपछि नेकपाको मथ्थर भएको विवाद फेरि बल्झिने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =