वीपी प्रतिष्ठानको डीनमा डा. शिवेन्द्र झा

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्रा.डा. शिवेन्द्र झा नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले आगामी तीन वर्षका लागि डा. झालाई डीन नियुक्त गरेका हुन् ।

प्रतिष्ठानका फरेन्सिक विभागका प्राध्यापक डा. झालाई प्रतिष्ठानको नियमावली, २०५५ को नियम २०.४ को उपनियम (१) बमोजिम शैक्षिक संकाय तर्फका परीक्षा बाहेक सम्पूर्ण शैक्षिक कार्यक्रमहरु सञ्चालनार्थ प्रतिष्ठानको डीनमा नियुक्त गरिएको उपकुलपतिका सल्लाहकार दिलिप भट्टराईले बताएका छन् ।

यसअघि प्रतिष्ठानको डीनमा डा. चन्द्रभुषण झा थिए । उनको कार्यकाल पुरा भएपछि प्रा.डा. शिवेन्द्र झालाई नियुक्ति गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =