कोरोना अपडेटः ११२० संक्रमित थपिए, १११२ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार एक सय २० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसबारे पुष्टि गरेका हुन् । यस्तै पछिल्लो २४ घण्टामै थप संक्रमित डिस्चार्ज भएका छन् । याेसँगै काेराेना संक्रमितकाे संख्या ४१ हजार ६४९ पुगेकाे छ । संक्रमितमध्ये २३ हजार २९० जना संक्रमणमुक्त भइसकेका छन् ।

यस्तै क्वारेन्टिनमा ६ हजार ७६६ छन् भने १८ हजार १०८ सक्रिय संक्रमितकाे विभिन्न अस्पतालकाे आइसोलेसन छन् । जसमध्ये हाेम आइसोलेसन ६ हजार ६१५ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − two =