चितवनमा थपिए १३ जना कोरोना संक्रमित
२०७७ भदौ १७ गते

सांकेतिक तस्वीर। मकालु खबर।
- ध्रुवराज खनाल
चितवन । चितवनमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा २३ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि भएकाहरुमा भरतपुर महानगरपालिकाको विभिन्न वडाका १० जना, रत्ननगरका, राप्ती र इच्छाकामनाका एक एकजना रहेका छन् । भरतपुर महानगरपालिका क्षेत्रका ६ जना पुरुष ४ महिला, रत्ननगरको वडा नम्बर १ निवासी ४१ वर्षीय पुरुष, राप्ति नगरपालिका वडा नम्बर ४ निवासी ३३ वर्षीया महिला, इच्छाकामना गाँउपालिका वडा नम्बर ५ निवासी ३६ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै नवलपुरका ३ पुरुष, ५ महिला, दाङकी १ महिला, धनुषाको एक पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
२०७७ भदौ १७ गते
प्रतिक्रिया
सम्बन्धित









