पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट काठमाडाैंका दुईसहित थप ११ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट मृत्यु भएको छ । महोत्तरीकी एक ४ वर्षीया बालिकासहित ११ जनाको मृत्यु भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता डा. गौतमका अनुसार महोत्तरीका ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका ५३, ८० र ६० वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै कोरोना संक्रमणबाट बाराका ६० वर्षीय, चितवनका ५२ वर्षीय, काठमाडौंका ७० र ३५ वर्षीय, र मकवानपुरका ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =