पर्वहरु नेपालीलाई एक आपसमा जोड्ने साँस्कृतिक पूँजी हुन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पर्वहरु नेपालीलाई एक आपसमा जोड्ने साँस्कृतिक पूँजी भएको बताएका छन् । इन्द्रजात्रा पर्वका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले पर्वहरु हाम्रा साँस्कृतिक पूँजी भएको बताएका हुन् ।
‘अन्तरसाँस्कृतिक सद्भावको समुन्नत सन्देश प्रवाह गर्ने यस्ता पर्वहरु हाम्रा साँसकृतिक पूँजी हुन्,’ शुभकामनामा भनिएको छ– ‘काठमाडौं उपत्यकामा प्राचीन कालदेखि मनाइँदै आएको इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।’
उनले सानो भूगोल भए पनि यहाँ बहुजातीय, बहुसाँस्कृतिक, बहुभाषिक र बहुधार्मिक अनुपम विशेषतायुक्त चाडपर्वहरु रहेको बताए । ‘विभिन्न जाति, समुदाय र भूगोलमा बसोवास गर्ने नेपालीहरुले मनाउने यस्ता चाड पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधेका छन् । सरकारले यस्ता साँसकृतिक पर्वहरुको संरक्षण र सम्वद्र्धन गर्ने नीति लिएको छ,’ उनले भनेका छन् ।
नेपालीहरु बीचको यस्तो एकतालाई कमजोर पार्न विभिन्न समयमा भएका दुष्प्रयासलाई हामीले यही साँस्कृतिक आलोकमा परास्त गर्दै आएका प्रधानमन्त्री ओलीको भनाई छ । ‘नेपालीहरु जातीय, धार्मिक र साँस्कृतिक विविधताका बीच एकतावद्ध रहेको सन्देश प्रवाह गरेका छौं । सवल राष्ट्रिय एकताको यस साँस्कृतिक आधारशीला हाम्रा लागि गौरवको विषय हो ।’ सन्देशमा भनिएको छ ।
हेर्नुहोस् पूर्णपाठ :-
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977024776″ /]








