साेमबार एकैदिन थपिए ८९९ संक्रमित, ५८८ जना डिस्चार्ज
२०७७ भदौ १५ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८९९ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ५८८ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै कुल संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । जसमध्ये २१ हजार ४१० जना संक्रमणमुक्त भइसकेका छन् ।
१७ हजार ८२२ सक्रिय संक्रमितको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । जसमध्ये ७ हजार १२१ जना होम आइसोलेसनमा छन् । ७ हजार ३३७ जना क्वारेन्टिनमा छन् । पछिल्लो २४ घण्टमा मात्रै ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।
आइसीयूमा १३२ जना आइसीयूमा छन् भने भेन्टिलेटरमा १६ जना उपचाररत छन् ।
२०७७ भदौ १५ गते
प्रतिक्रिया
सम्बन्धित









