‘सर्व धर्म समभाव’
२०७७ भदौ १३ गते

‘सर्व धर्म समभाव’
यदि ब्रजको भूमि पवित्र छ भने
बुद्धको धरती पनि अशुद्ध छैन
यदि ‘पाक’ भन्छौं मक्काको जमीन
‘नपाक’ छैन यरूशलेमको माटो पनि
काशीको मन्दिर भनौं या काबेको दरगाह
साँचीको स्तूप भनौं या रोमको गिर्जा
सबै एउटै धरातलमाथि खडा छन्
हो, कोई साना छन् कोई ठूला छन्
अनि कोई बीचका मझौला नमूना छन्
तर सब एउटै च्यादरका छेउ कुना छन् ।
-सीके श्रेष्ठ, मंगलधाम
२०७७ भदौ १३ गते
प्रतिक्रिया
सम्बन्धित








