रक्षामन्त्रीको प्रष्टीकरण : ‘विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको छैन’

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय वाणिज्य बैंकमा आफ्ना सम्धीलाई नियुक्ति गरेको भनी आएका समाचारहरुको खण्डन गरेका छन् ।

गत सोमबार अर्थमन्त्री युवराज खतिवडाले पोखरेलका सम्धी प्रा.डा. उपेन्द्र कोइरालालाई वाणिज्य बैंकको सञ्चालक सदस्य नियुक्त गरेका थिए ।

मन्त्री पोखरेलले विज्ञप्तिमा भनेका छन्, ‘परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा म सितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन ।’

यस्तै मन्त्री पोखरेलले सरकारले गरेका काम विधिसम्मत र पारदर्शीतासहित रहेको जिकिर गरेका छन् । ‘कहीँकतै पनि मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु ।’ उनले थपेका छन् ।

कोइरालाको नियुक्तको चर्चासँगै सञ्चारमाध्यमहरुले सम्धी जोडिएको समाचार सम्प्रेषण गरिरहेका छन् भने सामाजिक सञ्जालसमेत सम्धीमय बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − 2 =