काेराेना संक्रमणबाट बसन्तपुरका ६६ वर्षीय पुरूषकाे मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत ६६ वर्षीय पुरुषको मृत्यु भएको एसपी डा. प्रविन नेपालले मकालु खबरलाई जानकारी दिए । उनका अनुसार मृतक बसन्तपुरका हुन् ।

मृतकले साउन २७ गते स्टार अस्पतालमा कोरोना परीक्षण गरेका थिए । २९ गते उनकाे रिपाेर्ट पाेजेटिभ आएको थियो । ३१ सशस्त्र प्रहरी बलको कोभिड अस्पतालमा भर्ना भएका उनलाई ३२ गते आइसीयुमा भर्ना गरिएकाे थियाे ।

स्वास्थ्यमा कुनै सुधार नआपछि भदाै ५ गते भेन्टिलेटरमा राखेर उपचार सुरू गरिएकाे र उपचारकै क्रममा आज १२ बजेर १७ मिनेटमा मृत्यु भएकाे एसपी नेपालले बताए । मृतक निमाेनियाबाट ग्रसित रहेकाे पनि उनले जानकारी दिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =