नेकपाले डाक्यो सचिवालय बैठक, भदौ १३ मा बस्‍ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) सचिवालय बैठक भदाै १३ मा बस्ने भएकाे छ ।

आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे थियाे । साेही क्रममा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न सचिवालय बैठक बाेलाउने सहमति भएकाे हाे ।

दुई अध्यक्षबीच आज भएको भेटमा साउन ३० गते महासचिव पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, जनार्दन शर्मा र पम्फा भुषाल सदस्यसहित गठन भएकाे कार्यदलले शनिबार बुझाएकाे प्रतिवेदनमाथि छलफल भएकाे थियाे । अध्यक्षद्वयले यसलाई प्रस्ताव बनाएर सचिवालयमा पेस गर्न लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =