‘विदेशका नेपाली उद्धारको नाममा सरकारले व्यापार गर्‍यो’

काठमाडौं । नेपाली कांग्रेसले सरकारले विदेशका नेपालीको उद्धारको नाममा व्यापार गरेको बताएको छ ।

कांग्रेसले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै विदेशमा अलपत्र नेपालीहरूलाई निःशुल्क उद्धार गर्न सरकारसँग माग गर्दै यस्तो बताएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार (आज) विज्ञप्ति जारी गर्दै उद्धारको दायरालाई फराकिलो पार्न र निःशुल्क उद्धारको माग गरेका हुन् ।

त्यसरी उद्धार गरिएका नेपालीलाई सरकारी खर्चमै क्वारेन्टिनमा राखेर पीसीआर परीक्षण र गाउँसम्म पुर्‍याउने प्रबन्ध मिलाउनसमेत विज्ञप्तिमा भनिएको छ ।

सरकारका पछिल्लो निर्णयले विदेशमा अफ्ठ्यारोमा परेका नेपालीलाई उद्धार गरे पनि मानवीय भावनाभन्दा व्यापारको मस्तिष्क धेरै खपत भएको कांग्रेसको टिप्पणी छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एक त चार्टर्ड फ्लाइटको महंगो टिकट काट्नुपर्ने, अर्को होटल, क्वारेन्टिनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, पिसिआर आफैं गर्नुपर्ने र गाउँसम्म पुग्न आफैं खर्च गर्नुपर्ने अवस्था छ, अनुकूल अवस्थामा देशमा रेमिट्यान्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकूल बेलामा सरकार किन गर्दैछ वर्ग शत्रुको व्यवहार ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =