नेकपा कार्यदलको बैठक जारी, अध्यक्षद्वयलाई प्रतिवेदन आजै बुझाउने सक्ने

काठमाडौं । नेकपा विवाद समाधानका लागि सुझाव पेश गर्न गठित ६ सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ ।
कार्यदलले आफ्नो प्रतिवेदन तयार गर्ने कार्यलाई अन्तिम रुप दिएको बताएको छ । अघिल्लो शुक्रबार गठन गरिएको कार्यदललाई हप्तादिनभित्रै आफ्नो प्रतिवेदन बुझाउने कार्यदेश दिइएको थियो ।
प्रतिवेदन आज तयार गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाउने शुक्रबार (हिजो) कार्यदलका एक सदस्यले बताएका थिए ।
कार्यदलको बैठक अघिल्लो शनिबार,आइतबार, मंगबार, बिहीबार, शुक्रबार र आज शनिबार गरी जम्मा ५ दिन मात्रै बसेको छ ।
कार्यदलमा सबै विषयमा लगभग सहमति जुटिसकेकाले आजै अध्यक्षद्वय प्रतिवेदन बुझाउन सक्ने श्रोतले जनाएको छ ।
कार्यदलले यसअघि स्थायी कमिटीमा पेश भएका एजेण्डाकै वरिपरि रही विवाद समाधानको खोजी गर्ने भएको छ ।
कार्यदलले पार्टीभित्रको विवाद समाधनका लागि प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषयलाई नमेट्ने एक कार्यदलका सदस्यले बताए ।
ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा नदिनेगरी कार्यदलले समाधानको खोजी गर्ने भएको हो ।
पार्टीभित्रको विवाद समाधान गर्न मन्त्रीमण्डल हेरफेर हुन सक्ने यसअघि नै अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा खुलासा गरी सकेका छन् ।
कोरोना महामारीमा सरकारको काम कारवाही प्रभावकारी बनाउन महत्त्वपूर्ण सुझाव दिन सक्ने बुझिएको छ।








