डाक्टर बगालेले कोरोनालाई जिते

चितवन । चितवनको रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु बगालेले कोरोनालाई जितेका छन् ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको पछिल्लोपल्टको परीक्षणमा डा. बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

भरतपुर अस्पतालबाट स्वाब दिएका डा. बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ । डा. बगालेलाई १२ दिनअघि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि घरकै आइसोलेसनमा बसेका थिए ।

कार्यक्षेत्रमै खटिएका बेलामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर, उनीसँगै होम आइसोलेसनमा रहेकी उनकी पत्नीको रिपोर्ट भने अझै पोजिटिभ देखिएको छ ।

आइसोलेसनमै रहेका छोराको भने नतिजा नेगेटिभ आएको छ । डा. बगालेले कोरोना भगाउन कुनै औषधि प्रयोग नगरेको र घरेलु विधिबाटै निको भएको जनाएका छन् ।

“घरमै आइसोलेसनमा बसेको १२ दिनपछिको रिपोर्ट नेगेटिभ आएको छ ।” उनले आफ्नो फेसबूकमा लेखेका छन्, ‘स्वास्थ्यमा खासै समस्या नभएकोले घरेलु विधि अपनाइयो, औषधि जरुरी परेन ।’

कोरोना देखिएपछि डा. बगाले परिवारले सामाजिक दुर्व्यवहार सामना गर्नुपरेको थियो । उनको घरमा ‘संक्रमितको घर’ लेखिएको ब्यानर टाँग्न लागिएपछि उनले त्यसलाई सार्वजनिक गरेका थिए ।

त्यसपछि राष्ट्रिय रुपमै यसको विरोध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =